श्रीलंकाको पाँचौ विकेट गुम्यो, खेलमा अफ्रिका बलियो

SL vs SA - CT17 - Match 3


दक्षिण अफ्रिकाको ३ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले २५औं ओभरमा पाँचौं विकेट गुमाएको छ।

२५औं ओभरको दोस्रो बलमा श्रीलंकाका सर्वाधिक रन बनाउने खेलाडी उपुल थरंगा आउट भएका हुन्।  इमराम ताहिरको बलमा मिलरले क्याच लिएका हुन्।

यसअघि सत्रौं ओभरको दोस्रो बलमा श्रीलंकाका चण्डिमाल रन आउट हुन पुगे भने पाँचौ बलमा कापुगेदेरा एलबिडब्लुको धरापमा परे।

दक्षिण अफ्रिकी बलर इमराम ताहिरले विकेट लिएका हुन्।

यस्तै कुशल मेन्डिस व्यक्तिगत ११ रनको स्कोरमा आउट भए। मोरिसको बलमा उनी एबिडिभिलियर्सको बलमा क्याच आउट भए। १० बल खेलेका उनले २ चौका प्रहार गरेका थिए।

यसअघि श्रीलंकाले आठौं ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटका रूपमा निरोशन डिकवाला ४१ रन बनाएर आउट भए। उनी मोर्केलको बलमा पार्निएलबाट समातिए।

अहिले ताजा स्थितिमा श्रीलंका २५ ओभरमा ५ विकेट गुमाएर १४६ रनमा खेलिरहेको छ। यो लक्ष्य पछ्याउन श्रीलंकालाई गाह्रै देखिएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.