बंगलादेशलाई दोस्रो सफलता, हल्स ९५ मा आउट (भिडियो)


इङ्ल्याण्डबिरूद्ध बंगलादेशले दोस्रो सफलता हात पारेको छ।  ३०६ रनको जवाफी लक्ष्य पछ्याइरहेको घरेलु टोली इङ्ल्याण्डका एलेक्स हल्स ९५ रन बनाएर आउट भए। ८५ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरेका थिए।

सविर रहमानले बंगलादेशका लागि दोस्रो विकेट लिएका हुन्। यसअघि दोस्रो ओभरको तेस्रो बलमै इङ्लिस टोलीले विकेट गुमाएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.