६ छक्का लगाएका पाण्ड्या रन आउट


सदाब खानलाई लगातार ३ छक्का र फखर जमानलाई लगातार २ छक्कासहित कूल ६ छक्का लगाएर ४३ बलमा ७६ रन बनाएका हार्दिक पाण्ड्या रन आउट भएका छन्।

स्पिनरविरुद्ध उनको बिस्फोटक ब्याटिङ पछि पाकिस्तानी कप्तान सरफराज अहमदले तीब्र बलरको रुपमा २७ ओभरमा हसन अलीलाई बलिङका लागि बोलाएका थिए। उनको तेस्रो बलमा रवीन्द्र जडेजाले कभरमा ब्याटिङ गरेका थिए। तर, कल नगरि नन स्ट्राइकर इन्डमा दौडिएका पाण्ड्या रन आउट हुन पुगे।

उनको विकेट खसेसँगै भारत झन ठूलो दबाबमा देखिएको छ। भारतले १ सय ५४ रनमा ७ विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.