बंगालदेशको छैठौं र सातौ विकेट बुमराहले लिए


भारतविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगालदेशले आफ्ना सात विकेट गुमाइसकेको छ। भारतका लागि बुमराहले छैठौ र सातौ दुबै विकेट लिएका हुन्। ४३औं ओभरको तेस्रो बलमा मोसाद्दिक हसनलाई आउट बनाएका बुमराहले ४५औं ओभरको अन्तिम बलमा महमदुल्लाहलाई आउट बनाए।

हसनले २५ बलमा १५ रन बनाए भने महमदुल्लाहले पनि समान २५ बल खेल्दै २१ रन बनाएर आउट भए।

४५ औं ओभरको समाप्तिमा बंगलादेले सात विकेट गुमाएर २३१ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.