बंगलादेशको चौथो विकेट गुम्यो (भिडियो)


बंगलादेशले भारतविरूद्ध आफ्नो चौथो विकेट गुमाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको बंगालदेशका लागि चौथो विकेट ३४औं ओभरको दोस्रो बलमा गुमेको हो। रविन्द्र जडेजाको बलमा विकेट किपर महेन्द्र सिंह धोनीको हातबाट बंगालदेशी ब्याट्मेन शकिब अल हसन आउट भए।

२३ बल खेलेका हसनले १ चौकासहित १५ रन बनाए। यो सँगै बंगालदेशले ३४.२ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १७७ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.