अजहर दूर्भाग्यपूर्ण आउट


पाकिस्तानले दूर्भाग्यपूर्ण रुपमा अजहर अलीको विकेट गुमाएको छ। सय बलमा ७६ रन बनाएर खेलिरहेका अजहर प्ले डाउन हुन पुगेपछि पाकिस्तानले दोस्रो विकेट गुमाएको छ। जाक बलको स्लो–बाउन्स बलमा दह्रो प्रहार गर्न खोजेका अजहरको ब्याटको छेउमा लागेर बलले स्टम्प उडाएको थियो।
पाकिस्तानले ३२ दशमलव २ ओभरमा १ सय ७३ रन बनाउदै दोस्रो विकेट गुमाएको हो। उनले बाबर आजमसँग मिलेर ५५ रनको साझेदारी गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.