पाकिस्तानले चौथो विकेटको सफलता पाएको छ। हसन अलीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा मोर्गनलाई आउट बनाएका हुन्। मोर्गनको विकेटपछि इङ्ल्यान्डले ३२ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै १४२ रनमा खेलिरहेको छ।
जोए रूटसँग ४८ रनको साझेदारी गरेका मोर्गनले स्टोक्ससँग मिलेर चौथो विकेटका लागि १३ रनको सझेदारी गरेका थिए।
५३ बल खेलेका मोर्गन ४ चौकासहित ३३ रन बनाएर आउट भए।