एडबस्टन पीचको रोचक कहानी, १८ वर्षपछि न्युजिल्यान्ड जितको प्रतिक्षामा (भिडियो)


न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘ए’ को खेलमा अस्ट्रेलियाविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजे पनि एडबस्टनको पीचले विगतमा अर्के सन्देश दिएको छ। बर्मिङ्घमको एडबस्टनमा पछिल्लो ५ भिड्न्तमा टस जितेर पहिलो ब्याटिङ रोज्ने ४ टोलीले पराजय भोगेका छन्। भारतले मात्र २०१३ को पछिल्लो च्याम्पियन्स ट्रफीमा यो पीचमा जित सम्भव पारेको थियो।

न्युजिल्यान्डले पछिल्लो पल्ट १९९९ को विश्व कपमा तटस्थ मैदानमा कङ्गारुलाई हराएको छ। तटस्थ मैदानमा अहिलेसम्म यी दुई टोली १९ पल्ट भिडेका छन्। जसमा अस्ट्रेलियाले १७ र न्युजिल्यान्डले एक पल्ट मात्र जित सम्भव पारेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.