हेर्नुहोस् दक्षिण अफ्रिकाविरूद्ध श्रीलंकाको म्याच हाइलाइट्स

SL vs SA - CT17 - Match 3


च्याम्पियन्स ट्रफीअन्तर्गत श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेल ९६ रनले हारेको छ। समूह बीअन्तर्गत शनिवार सम्पन्न खेलमा अफ्रिकाले दिएको ३ सय रनको चुनौतीलाई श्रीलंकाले पुरा गर्न सकेन्। श्रीलंका ४१ दशमलव ३ ओभरमा २ सय ३ रन मात्र बनाएर अल आउट भयो।

श्रीलंकाका लागि कप्तान उपुल थरङ्गा ५७, निरुसान डिकवेला ४१, कुशल परेरा ४४ ले उत्कृष्ट इनिङ खेले पनि अन्य खेलाडीले खासै प्रदर्शन गर्न नसकेपछि सहजै पराजित भयो।

डिकवेला र थरङ्गाले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे पनि श्रीलंकाका अन्य खेलाडीले ठोस साझेदारी गर्न सकेनन्। इमरान ताहिरले ८ दशमलव ३ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएपछि श्रीलंका संकटमा देखिएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.