भारतले पाकिस्तानलाई ३२० रनको लक्ष्य दिएको छ। ४८ ओभरमा छोट्याइएको वर्षाले प्रभावित खेलमा भारतका लागि हार्दिक पाण्ड्याले अन्तिम ओभरमा लगातार तीन बलमा तीन छक्का प्रहार गरेपछि ३१९ रनको स्कोर पुगेको हो। उसका लागि रोहित शर्माले ९१, विराट कोहलीले अभिजित ८१, शिखर धवनले ६८ तथा युवराज सिंहले ५३ रनको पारी खेले। यस्तै ६ बल खेलेका पाण्डेले २० रन बनाए।