भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा ९१ रनमा दूर्भाग्यपूर्ण रुपमा रन आउट भएका छन्। पाकिस्तानविरुद्ध पहिलो सतकको नजिक रहेका रोहितलाई बारबर आजमको थ्रोमा विकेटकिपर सरफराजले रन आउट गरे। उनी ३६ दशमलव ४ ओभरमा सद्धाव खानको बलमा रन आउट हुन पुगेका थिए। उनले १ सय १९ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।
रोहितको पाकिस्तानविरुद्ध यो सर्वाधिक योगफल हो। उनले यसअघि २०१२ को एसिया कपमा सर्वाधिक रनको रुपमा ६८ रन बनाएका थिए। पाकिस्तानविरुद्ध उनले १३ एकदिवसयमा ६ अर्धसतक बनाएका हुन्।
रोहित आउट भएपछि भारतले १ सय ९२ रनमा दोस्रो विकेट गुमाएको थियो।