रोहित शर्मा र विराट कोहलीले पाकिस्तानविरुद्ध दोस्रो विकेटका लागि ५० रनको साझेदारी पुरा गरेका छन्। उनीहरुले ११ दशमलव २ ओभर भित्र ५० रनको साझेदारी गरेका हुन्। रोहितले वाहव रियाजलाई डिप स्क्वायर लेगमा छक्का हान्दै अर्धसतकीय साझेदारी पुरा गरेका हुन्। यतिबेला रोहित ८८ रन बनाएर खेल्दै थिए। कप्तान कोहली अविजित २८ रनमा थिए। भारतले ३६ ओभर पुरा गर्दा १ विकेटका क्षतिमा १ सय ८९ रन बनाएको थियो।