शिखर धवन र रोहित शर्मा च्याम्पियन्स ट्रफीमा तीन वटा सतकीय साझेदारी गर्ने पहिलो प्रारम्भिक जोडी बनेका छन्। यी दुवैले पाकिस्तानविरुद्ध १ सय ३६ रनको साझेदारी गर्ने क्रममा यो कीर्तिमान बनाएका हुन्।
यसअघि शिखर र रोहितको जोडी तथा वेष्ट इन्डिजका क्रिस गेल र चन्द्रपलको जोडीले च्याम्पियन्स ट्रफीमा २–२ सतकको साझेदारी गरेका थिए। यी दुवैले ६ इनिङमा ३ सतकको सहयोगले ५ सय १८ रनको साझेदारी पुरा गरेका छन्।