रोहित शर्मा र शिखर धवनको प्रारम्भिक जोडीले च्याम्पियन्स ट्रफीमा दोस्रो ठूलो साझेदारीको कीर्तिमान बनाएका छन्। हाल पाकिस्तानविरुद्ध एडबस्टनमा खेलिरहेका यी जोडीले च्याम्पियन्स ट्रफीको ६ खेलमा ४ सय ५० भन्दा बढिको साझेदारी गर्ने कीर्तिमान बनाएका छन्। वाहव रियाजको १५ दशमलव ४ ओभरमा चौका प्रहार गर्दै उनले यो कीर्तिमान बनाउन योगदान गरेका हुन्।
भारतका यी प्रारम्भिक जोडीभन्दा अगाडि वेष्ट इन्डिजका क्रिस गेल र चन्द्रपलको जोडीले ९ इनिङमा ६ सय ३५ रनको साझेदारी गरेका थिए। रोहित र शिखरको जोडीले १६ ओभरको खेल सकिदा ७९ रन बनाएका छन्। रोहित ४२ र शिखर ३३ रन बनाएर खेलिरहेका छन्।