भारतीय टिममा अश्विन ड्रप, ५ बलरमा भुवनेश्वर र उमेश यादव

IND vs PAK - CT17 - Match 4


भारतका स्टार अफस्पिनर रवीचन्द्रन अश्विन पाकिस्तानविरुद्धको पहिलो खेलबाट बाहिरिएका छन्। उनलाई कप्तान विराट कोहलीले बर्मिङ्घममा केही समयपछि सुरु हुन लागेको खेलमा विश्राम दिने निर्णय गरेका छन्।

पाकिस्तानविरुद्ध खेलका लागि भारतले ५ बलरलाई मैदानमा उतारेको छ। जसमा आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका दुई तीब्र बलर भुवनेश्वर कुमार, उमेश यादवलगायत जसप्रित बुमराह र हार्दिक पाण्ड्या रहेका छन्। एक मात्र नियमित स्पिनरको रुपमा रवीन्द्र जडेजालाई स्थान दिइएको छ।

ब्याट्सम्यानमा रोहित शर्मा र शिखर धवनको जोडी, कप्तान विराट कोहली, युवराज सिंह र विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी रहेका छन्।

भारतविरुद्ध केही समयपछि सुरु हुन लागेको खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने घोषणा गरेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.