डि कोकलाई शंकाको फाइदा


दक्षिण अफ्रिकी ब्याट्सम्यान क्वान्टन डि कोक तेस्रो ओभरमा भाग्यमानी सावित भएका छन्। सुरङ्गा लकमलको तेस्रो ओभरको पहिलो बलमा उनको प्याडमा लागेको थियो।

अम्पायरले कुनै निर्णय नदिएपछि श्रीलंकाले रिभ्यू माग गरेको थियो। रिभ्यूमा लकमलको बल लाइनभन्दा अलिकति बाहिर देखिएपछि अम्पायरले ब्याटसम्यानलाई शंकाको फाइदा दिए। यतिबेला ३ ओभरमा अफ्रिकाको १० रन थियो। डि कोक ३ रनमा खेलिरहेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.