वर्षाका कारण तेस्रो पल्ट खेल रोकियो, २० ओभरको खेल हुन सक्ने


अस्ट्र्लियाले ९ ओभरको खेल खेलिसकेपछि एडबस्टनमा पुनः पानी परेको छ। जसका कारण खेललाई तेस्रो पटक रोक्नु परेको छ।

विशेषज्ञका अनुसार केही समयपछि पानी रोकिएको खण्डमा २० ओभरको खेल हुन सक्नेछ। यस्तो अवस्था आएको खण्डमा अस्ट्रेलियाले २० ओभरमा १ सय ७४ रन बनाउने नयाँ चुनौती पाउन सक्छ।

अस्ट्रेलियाले ९ ओभरभित्रै ३ महत्वपूर्ण विकेट गुमाइसकेको छ। उसले डेभिड वार्नर, आरोन फिन्च र मोइसेस हेनरिकेसलाई ५३ रनको स्थितिमा गुमाइसकेको छ।

ले ९ ओभर भित्रै ३ महत्वपूर्ण विकेट गुमाइसकेको छ। दुवै प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर १८ र आरोन फिन्च ८ लाई ७ ओभर भित्र गुमाएको अस्ट्रेलियाले तेस्रो विकेटको रुप्मा मोइसेस हेनरिकेसलाई पनि गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.