अन्तिम ९ ओभरको पावर प्लेको खेलअन्तर्गत १७ बलमा न्युजिल्यान्डले ३ महत्वपूर्ण विकेट गुमाएको छ। ३९ दशमलव १ ओभरमा कप्तान केन विलियम्सनलाई रनआउटको रुपमा गुमाएको किवीले ४० दशमलव १ ओभरमा निल ब्रुम र ४१ ओभरको ५ बलमा कोरे एन्डर्सनलाई गुमाएको छ।
विलियम्सन सतक पुरा गरेपछि रनआउट भए। ब्रुमलाई मिडविकेटमा ग्लेन म्याक्सवेलले जस हेजलउडको बलमा क्याच आउट गरेका थिए।
उनी १४ रन बनाएर खेलिरहेका थिए। अर्का ब्याट्सम्यान एन्डर्सन बलर कुमिन्सको बलमा स्क्वायर लेगमा हेनरिकेसलाई क्याच थमाएर ८ रन बनाउदै पवेलियन फर्किए। न्युजिल्यान्डले १७ बलमा १३ रन मात्र जोड्न भ्याएको थियो। ४२ ओभरको खेल समाप्त हुँदा न्युजिल्यान्डले ६ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको छ।