कप्तान विलियम्सन सतक बनाउदै रन आउट भए


न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अस्ट्रलियाविरुद्ध पहिलो एकदिवसीय सतक बनाएका छन्। च्याम्पियन्स ट्रफीअन्तर्गत हाल एडबस्टनमा जारी अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा उनले ९६ बलमा सतक पुरा गरे। विलियम्सनको एकदिवसीयमा यो नवौं सतक हो।

उनले ३ छक्का र ८ चौकाको सहयोगले सतक पुरा गरेका थिए। उनी त्यसको अर्को बलमा पाट कुमिन्सको बलमा रन आउट हुन पुगे। विलियम्सनले यसअघि अस्ट्रेलियाविरुद्ध सर्वाधिक ८१ रन मात्र बनाएका थिए।

यो प्रतियोगितामा विलियम्सनको सतक तेस्रो हो। हिजो बंगलादेशका तमिम इक्बाल र इङ्ल्यान्डका जोए रुटले सतक बनाएका थिए। विलियम्सन आउट भएपछि न्युजिल्यान्डले ३९ दशमलव १ ओभरमा २ सय ५४ रन बनाउदै चौथो विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.