न्युजिल्यान्डको ३२.१ ओभरमा २ सय रन


न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीअन्तर्गत हाल एडबस्टनमा भइरहेको अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा ३२ दशमलव १ ओभरमा २ सय रन पुरा गरेको छ। वर्षाले प्रभावित यो खेललाई घटाएर ४६ ओभरमा पारिएको छ।

प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिल र लुक रोञ्ची आउट भइसकेको अवस्थामा कप्तान केन विलियम्सन र रोस टेलरले तेस्रो विकेटका लागि ८३ रनको अविजित साझेदारी गर्दै टिमको योगफल २ सय पुरा गर्न योगदान दिए।

रोञ्ची र विलियम्सनले अर्धसतक पुरा गरेको पहिलो इनिङमा टेलर पनि ४२ रन बनाउदै अर्धसतकको नजिक छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.