चोटका कारण इङ्लिस बलर क्रिस ओक्स च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन्। विहिबारबाट सुरु भएको च्याम्पियन्स ट्रफीअन्तर्गत बंगलादेशविरुद्ध पहिलो खेलमै उनी चोटग्रस्त बन्न पुगेका थिए। २ ओभर बलिङ गर्ने क्रममा उनको तिघ्राको नसा तन्किन पुगेको थियो।
यसपछि क्रिजबाट बाहिरिएका ओक्स पुरै खेलभरि मैदानमा फर्किएनन्। एमआरआई रिपोर्टअनुसार तिघ्राको समस्याबाट बाहिरिन उनलाई ४ देखि ६ साता साता लाग्ने बताइएको छ। त्यसैले उनले पुरै प्रतियोगिता गुमाउनु पर्नेछ।
उनको स्थानमा दक्षिण अफ्रिकाविरुद्ध भर्खरैको शृंखलामा लर्डसमा डेब्यु गरेका टोबी रोलान्ड जोन्स र सरेका टम कुरानमध्ये कसलाई टिममा समावेश गर्ने भन्ने चर्चा चलेको छ।