अस्ट्रेलियाविरुद्ध टस जितेर न्युजिल्यान्डले गर्यो ब्याटिङको निर्णय (यस्तो छ, दुवैतर्फको टिम)


च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘ए’ तर्फको अर्को रोमाञ्चक भिडन्तमा न्युजिल्यान्ड र अस्ट्रेलिया ३ बजेर १५ मिनेटमा भिड्दै छन्। यस खेलमा न्युजिल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।

न्युजिल्यान्डको टिममा कप्तान केन विलियम्सनको नेतृत्वमा मार्टिन गुप्टिल, लुक रोञ्ची, रोस टेलर, निल ब्रुम, जेम्स निसहाम, कोरे एन्डर्सन, मिचेल सान्टनर, मिल्ने, टिम साउथी र ट्रेन्ट बोल्ट समावेश छन्।

यस्तै, स्टिभन स्मिथको नेतृत्वमा रहेको अस्ट्रलियामा आरोन फिन्च, डेभिड वार्ननर,मोइसेस हेनरिकेस, ग्लेन म्याकसवेल, ट्राभेस हेड, म्याथ्यु वाडे, जोन हास्टिङस, मिचेल स्टार्क, पेट कुमिन्स र जस हेजलउड समावेश छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.