रुटको उत्कृष्ट सुरुवात, पहिलो खेलमै सतक (भिडियो)


इङ्लिस ब्याट्सम्यान जोए रुटले च्याम्पियन्स लिगअन्तर्गत बंगलादेशविरुद्धको पहिलो खेलमै सतक पुरा गरेका छन्। प्रारम्भिक ब्याट्सम्यान जेसोन रोय १ रनमा आउट भएपछि क्रिजमा प्रवेश गरेका रुटले १ सय १५ बलमा ६ चौका प्रहार गर्दै सतक पुरा गरेका थिए।

एकदिवसीयमा उनको यो दशौं सतक हो। इङ्ल्यान्डको कुल योगफल ६ रन हुँदा उनी क्रिजमा प्रवेश गरेका थिए। उनले ४२ दशमलव ५ ओभरमा सतक पुरा गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.