इङ्ल्यान्ड र बंगलादेशको खेल रोचक मोडमा


च्याम्पियन्स ट्रफीअन्तर्गत बंगलादेश र इङ्ल्यान्डबीचको खेल रोचक मोडमा पुगेको छ। बंगलादेशले पहिलो इनिङमा ६ विकेट गुमाएर बनाएको ३ सय ५ रनको लक्ष्यलाई पछ्याइरहेको घरेलु इङ्ल्यान्डले ड्रिग्सको ३३ ओभरको खेल सकिदासम्म २ विकेटको क्षतिमा १ सय ९० रन बनाएको छ।

एलेक्स हल्स ९५ रनमा आउट भएको अवस्थामा हाल जोए रुट ७७ रन बनाएर खेलिरहेका छन्। रुट र हल्स मिलेर दोस्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए। यी दुवैले २०१५ को विश्व कपयता २० वटा इनिङमा सर्वाधिक १ हजार ५ सय १० रनको साझेदारी गरेका छन्। इङ्ल्यान्डलाई जितका लागि १७ ओभरमा १ सय १६ रन आवश्यक छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.