लगातार ३ छक्का हान्दै पाण्ड्याले अर्धसतक पुरा गरे


हार्दिक पाण्ड्याले सदाब खानको लगातार ३ बलमा ३ छक्का लगाउँदै आफ्नो अर्धसतक पुरा गरेका छन्। उनले भारतको माथिल्लो क्रमको सबै ब्याट्सम्यानले पाकिस्तानी बलरहरुको अगाडि घुँडा टेकेको अवस्थामा तीन छक्का लगाउदै अर्धसतक पुरा गरे। उनले ३२ बलमा ४ छक्का र ४ चौकाको सहयोगले अर्धसतक पुरा गरेका हुन्।

उनले ३ छक्का प्रहार गरेपछि भारतले सातौ विकेटका लागि ५० रनको साझेदारी पनि पुरा भएको छ। उनले रवीन्द्र जडेजासँग मिलेर अर्धसतकीय साझेदारी गरेका हुन्। पाकिस्तानले दिएको ३ सय ३९ रनको विशाल लक्ष्यलाई पछ्याउने क्रममा भारतले २४ ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.