पाकिस्तानको ३० ओभरमा १ सय ७९ रन


पाकिस्तानले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतविरुद्ध पहिलो ब्याटिङ गर्दै ३० ओभरमा १ विकेट गुमाएर १ सय ७९ रन बनाएको छ। पाकिस्तानले ५ दशमलव ९८ को औसतले रन बनाएको हो। पछिल्लो ५ ओभरमा टिमले ९ को औसतले ४५ रन बनाएको छ। पाकिस्तानका लागि फखर जमानले ९६ र बाबर आजमले ८ रन बनाएका छन्। यी दुवैले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरिसकेका छन्। यसअघि फखरले अर्का प्रारम्भिक ब्याट्सम्यान अजहर अलीसँग मिलेर सतकीय साझेदारी गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.