सोमैया सरकारको क्याच स्क्वायर लेगमा मोइन अलीले छोडेका छन्। जाक बलको दोस्रो ओभरको अन्तिम बलमा फ्लिक गरेको बल अली बसेको ठाउँमा पुगेको थियो। तर, उनले सहज क्याच छोडे। सरकार २ चौका प्रहार गर्दै ११ रन बनाएर खेलिरहेका थिए।
बंगलादेशले ७ ओभरमा २० रन बनाएको थियो। बलको यो मेडन ओभर थियो।