बाबा रामदेवले भने– क्रिकेटलाई लडाइँ र आतंकवादसँग नजोड


भारतीय योग गुरु बाबा रामदेवले भारत र पाकिस्तानबीच हुने क्रिकेट खेललाई लडाइँ तथा आतंकबादसँग जोड्न नहुने बताएका छन्। भारत र पाकिस्तानबीच आज लन्डनको ओभल मैदानमा हुन लागेको च्याम्पियन्स ट्रफीको खेल पूर्व उनले भने, ‘पाकिस्तानका सबै व्यक्ति आतंकवादी होइनन्।’

च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानसँगको खेल रद्ध गर्नु पर्ने कट्टर विचार बाहिर आइरहेका बेला बाबा रामदेवको यो भनाईले भूइँचालो ल्याउन सक्छ। उनको पनि छवी कट्टर हिन्दुवादीको छ। उनले शनिवार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भने, ‘पाकिस्तानीहरुले पनि भारतबाट पराजय भोगेपछि टेलिभिजन फोड्ने कामलाई निरुत्साही गर्नु पर्छ।’

भारतसँग समूह चरणको पहिलो खेलमा १ सय २४ रनले पराजित भएपछि पाकिस्तानका केही शहरहरुमा समर्थकहरुले आफ्नै टेलिभिजन तोडफोड गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.