धोनीले पाकिस्तानी कप्तान सरफराजको छोरालाई बोकेपछि!


भारत र पाकिस्तानबीच आज सवा ३ बजेदेखि सुरु हुने च्याम्पियन्स ट्रफीको फाइनल खेल अगाडि दुई देशका समर्थकबीच सोशल मिडियामा गालीगलौचको सिलसिला कायमै छ। एकले अर्काको नाम सुन्न नचाइरहेको अवस्थामा भारतीय क्रिकेटका पूर्व कप्तान तथा हाल भारतीय टोलीका प्रमुख सदस्य महेन्द्रसिंह धोनीले पाकिस्तानी कप्तान सरफराज अहमदको छोरालाई बोकेर खिचेको फोटो हिट भएको छ।

धोनीले सरफराजको छोरालाई बोकेर खिचेको फोटो आफ्नो ट्विटरमा समावेश गराएका छन्। उनको यो कामको चौतर्फी तारिफ भइरहेको छ। पाकिस्तानका मात्र होइनन, भारतीय समर्थकले पनि धोनीको भावनासँग आफूलाई बाँधेका छन्।

धोनीले बोकेको सरफराजको फोटोका कारण आज हुने खेलमा समर्थकको अनावश्यक उत्तेजनामा केही कमी आउने आशा गरिएको छ। यसै वर्ष पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदा भारतीय कप्तान विराट कोहलीले टिमका सबै खेलाडीले हस्ताक्षर गरेको आफ्नो जर्सी उपहारस्वरुप प्रदान गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.