गौतम गम्भीरलाई ४ खेल प्रतिबन्ध

India's Gautam Gambhir plays a shot on the second day of the first Test cricket match between India and England at the Saurashtra Cricket Association stadium in Rajkot on November 10, 2016. ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / AFP PHOTO / INDRANIL MUKHERJEE / ----IMAGE RESTRICTED TO EDITORIAL USE - STRICTLY NO COMMERCIAL USE----- / GETTYOUT


भारतीय टिममा अटाउन नसकेका प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीरलाई ४ खेल प्रतिबन्ध लागेको छ। उनलाई दिल्ली रणजी टिमका प्रशिक्षक केपी भास्करसँग झगडा गरेको आरोपमा प्रथम श्रेणीको ४ खेलका लागि प्रतिबन्ध लगाइएको हो।

दिल्ली क्रिकेट संघका प्रशासक रमजित सेनद्धारा गठित छानवीन समितिको रिपोर्टले पछिल्लो समय गम्भीरको प्रशिक्षक प्रतिको ब्यवहार राम्रो नभएको ठहर गर्दै ४ खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

उनले यो निर्णयलाई स्विकार नगरे ३० मार्च २०१९ सम्म २ वर्षका लागि निलम्बन गरिने बताइएको छ। ओडिसामा खेल्न जाँदा गम्भीरले प्रशिक्षक भास्करमाथि अभद्र व्यवहार गरेको आरोप लागेको थियो। यस विषयमा दुवै पक्षलाई गत मार्च १० मा बोलाएर कुराकानी भएको तर समाधान ननिस्किएका कारण गम्भीरलाई प्रतिबन्ध लगाउनु परेको बताइएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.