भारत र पाकिस्तानको फाइनलमा ३ हजार २ सय करोड रुपैयाँको बाजी


भारत र पाकिस्तानबीच आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनल भिड्न्तमा करिब ३ हजार २ सय करोड रुपैयाँ बाजी लागेको छ। इङ्ल्यान्डमा अनलाइनबाट बाजी थाप्ने कामलाई गैरकानुनी मानिदैन्। जसका कारण यति ठूलो रकमको जुवा खेलिएको बताइएको छ।

भारतको अल इन्डिया गेमिङ फेडरेशन (एआइजिएफ) ले पनि फाइनलमा ३ हजार २ सय करोड रुपैयाँको हाराहारीमा सट्टा लागेको पुष्टी गरेको छ। सट्टाबाजका अनुसार भारतको जितमा सबैभन्दा बढि जुवा लागेको छ। भारतको तर्फबाट बाजी लगाउनेले एक सय ६० रुपैयाँको बदलामा जितका लागि २ सय ३५ रुपैयाँ प्राप्त गर्ने र पाकिस्तानको जितमा ४ सय ८० रुपैयाँ प्राप्त गर्ने बताइएको छ।

एआइजिएफका अनुसार यो वर्ष मात्र भारतको खेलमा करिब ३ सय २० लाख करोड रुपैयाँ सट्टामा लागेको छ।

भारत र पाकिस्तानबीचको फाइनलमा सट्टेबाजहरुको सबैभन्दा प्रिय खेलाडी भारतीय कप्तान विराट कोहली छन्। फाइनलको म्यान अफ दि म्याच कोहली बनेमा उनको मूल्य ८ दशमलव ५ रुपैयाँ छ। यसको मतलव कोहली म्यान अफ दि म्याच बनेमा सय रुपैयाँ बाजी थाप्नेले ८ सय ५० रुपैयाँ कमाई गर्ने छन्। यस्तै, शिखर धवनका लागि ९ रुपैयाँको मूल्य बताइएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.