मोहम्मद आमिर भारतविरुद्ध फाइनलमा फर्किने सम्भावना


पाकिस्तानका तीब्र बलर मोहम्मद आमिर आइतबार भारतविरुद्ध हुने च्याम्पियन्स ट्रफीको फाइनल खेलमा फर्किने सम्भावना बलियो छ। ढाडको समस्याका कारण इङ्ल्यान्डविरुद्ध सेमिफाइनलमा उनी टिम बाहिर थिए।

आमिर शुक्रबार ओवल मैदानमा अभ्यासमा फर्किएका छन्। उनी इङ्ल्यान्डविरुद्ध टसभन्दा अगाडि भएको फिटनेश टेस्टमा असफल भएका थिए। उनको स्थानमा अन्तिम समय रुमान रईसले एकदिवसीयमा डेब्युको मौका पाएका थिए। जुन खेलमा उनले २ विकेट पनि लिएका थिए।

आमिरले श्रीलंकाविरुद्धको महत्वपूर्ण खेलमा २ विकेट लिनुका साथै २८ रन पनि बनाएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.