पाकिस्तानसँगको फाइनल अगाडि विराटको टाउको दुख्यो


पाकिस्तानविरुद्ध च्याम्पियन्स ट्रफीको फाइनल खेल अगाडि भारतीय कप्तान विराट कोहली अस्वस्थ्य देखिएका छन्। भारतीय न्युज एजेन्सीले सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै बर्मिघमबाट लन्डन फर्किने क्रममा विराटले टोलीका फिजियोसँग टाउको दुखेको गुनासो गरेका थिए।

फिजियोले तत्कालै विराटलाई औषधी उपलब्ध गराएको बताइएको छ। विराटले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा बंगलादेशविरुद्ध ९६ रनको अविजित इनिङ खेलेका थिए। उनको कप्तानीमा भारत पहिलो पल्ट आइसिसीको आधिकारीक प्रतियोगिताको फाइनल पुगेको छ।

भारतले आइतबार आफ्नो चिरप्रतिद्वन्दी पाकिस्तानसँग फाइनल खेल्ने कार्यक्रम छ। कोहलीको समस्या चिन्ताजनक नरहेको भारतीय न्युज एजेन्सीले बताएका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.