विराट कोहलीको अर्धसतक पुरा, जितका लागि ८० रन आवश्यक


भारतीय कप्तान विराट कोहलीले बंगलादेशविरुद्धको सेमिफाइनलमा अर्धसतक पुरा गरेका छन्। समूह चरणको खेलमा दुई वटा अर्धसतक बनाएका कोहलीको च्याम्पियन्स ट्रफीमा यो तेस्रो अर्धसतक हो।

उनले ४२ बलमा ६ चौकाको सहयोगले अर्धसतक पुरा गरेका हुन्। कोहलीले २८ ओभरको अन्तिम बलमा तास्किन अहमदलाई चौका प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन्। उनी ५१ रनमा खेलिरहेका छन्। रोहित शर्मा ८८ रनमा अविजित छन्। दुवैले ९८ रनको साझेदारी गरिसकेका छन्। भारतले २९ ओभरमा १ विकेट गुमाएर १ सय ८५ रन बनाएको छ। भारतलाई जितका लागि २१ ओभरमा ८० रन आवश्यक छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.