धवन पहिलो पल्ट अर्धसतकबाट चुके, ४६ रनमा आउट


भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन च्याम्पियन्स ट्रफीमा पहिलो पल्ट अर्धसतक भन्दा कमको योगफलमा आउट भएका छन्। यसअघिको तीन वटा खेलमा एक सतक र दुई अर्धसतक बनाएका धवनलाई मसराफे मुर्तजाले ४६ रनमा आउट गराएका छन्। उनको बलिङमा प्वाइन्टसमा मोसादेक होसेनले क्याच समातेका छन्।
उनी आउट भएपछि भारतले १४ दशमलव ४ ओभरमा ८७ रनमा पहिलो विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.