पहिलो पावर प्लेमा बंगलादेशको ४६ रन


बंगलादेशले १० ओभरको पहिलो पावर प्लेको खेल समाप्त हुँदा भारतविरुद्ध २ विकेट गुमाएर ४६ रन बनाएको छ। हाल तमिम इक्बाल २७ बलमा १० रन बनाएर खेलिरहेका छन्। मुस्फिकर रहिम ११ बलमा १२ रन बनाएर अविजित छन्।
यसअघि भारतका भुवनेश्वर कुमारले बंगलादेशका दुई ब्याट्सम्यान सबिर रहमान (१९) र सोमैया सरकार (०) लाई छिट्टै आउट गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.