युवराज सिंह ३ सय एकदिवसीय खेल्दै


भारतका मध्यक्रमका स्टार ब्याट्सम्यान युवराज सिंह बंगलादेशविरुद्ध आज हुने सेमिफाइनलमा उत्रिँदै नयाँ उपलब्धि अंगिकार गर्ने मोडमा छन्। आज बंगलादेशविरुद्ध उत्रिँएपछि उनी ३ सय एकदिवसीय क्रिकेट खेल्ने पाँचौ भारतीय खेलाडी बन्ने छन्।

सन् २००० मा यही प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका युवराजले १७ वर्ष लामो करिअरमा यो उपलब्धि चुम्न लागेका हुन्। उनीभन्दा अगाडि मोहम्मद अजहररुद्धिन, सचिन तेन्दुलरक, सौरभ गागुली र राहुल द्रविडले मात्र ३ सय एकदिवसीय खेलेका छन्।

भारतले २०११ को विश्व कप दोस्रो पल्ट जित्दा उनी टोलीका नायक थिए। ३५ वर्षीय युवराजले ४० टेस्टमा मात्र भारतको प्रतिनिधित्व गरेका छन्। उनले २ सय ९९ एकदिवसीयमा ८ हजार ५ सय ४० रन बनाएका छन्। जसमा १४ सतक र ५२ अर्धसतक समावेश छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.