फाइनल प्रवेशका लागि पाकिस्तानलाई २१२ रनको लक्ष्य (हाइलाइट्स)


आइसिसी च्याम्पियन ट्रफीको फाइनल प्रवेशका लागि पाकिस्तानले घरेलु टोली इङ्ल्याण्डबाट २१२ रनको लक्ष्य पाएको छ। कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा १ बल बाँकी छँदै २११ रन बनाएर सबै विकेट गुमायो।

इङ्याण्डका लागि जोय रूटले सर्वाधिक ४६ रनको योगदान दिए। यस्तै जोनी बैरस्तुले ४३ रन बनाउँदा कप्तान इयान मोर्गन ३३ रनमा आउट भए।

घरेलु टोलीलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका हसन अलीले ३ विकेट लिए। जुनाईद खान र रुमानले २-२ तथा  साहिब खानले १ विकेट लिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.