भारतीय क्रिकेट कप्तान विराट कोहली विश्वमा सर्वाधिक कमाउने खेलाडीको १ सय जनाको सूचीमा समावेश भएका छन्। फोबर्सले सार्वजनिक गरेको रिपोर्टमा उनी भारतका एक मात्र खेलाडी बन्न पुगेका छन्। उनी सर्वाधिक कमाउने खेलाडीको सूचीमा ८९ नम्बरमा परेका छन्।
यो सूचीमा रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडि छन्। यो सूचीमा जुन खेलाडीको कूल आम्दानी २२ करोड डलर छ, त्यो भन्दा माथिका खेलाडीलाई मात्र समावेश गरिएको छ। पारिश्रमिक रकम ३० लाख डलर र १९ करोड डलर प्रायोजनबाट कमाउने खेलाडी फोबर्सको सूचीमा समावेश छन्।
गत वर्ष विराटले राष्ट्रिय टोलीबाट खेलेर लगभग १० लाख डलर कमाएका थिए। आइपिएलमा उनी सर्वाधिक पारिश्रमिक लिने खेलाडीमा पनि पर्छन्। उनले रोयल च्यालेञ्जर्स बेङ्गलोरबाट २३ लाख डलर लिने गर्छन्। फोबर्सले विराटको आम्दानीको ठूलो हिस्सा प्रायोजनबाट प्राप्त हुने बताएको छ।