भारतले श्रीलंकालाई दिएको ३ सय २२ रनको लक्ष्य च्याम्पियन्स ट्रफीमा अहिलेसम्मकै चौथो ठूलो चुनौती हो। ओवलमा भइरहेको खेलमा भारतले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो।
च्याम्पियन्स ट्रफीमा अहिलेसम्मकै ठूलो योगफल ३ सय ४७ रनको हो। जुन न्युजिल्यान्डले २००४ मा अमेरिकाविरुद्ध यही मैदानमा बनाएको थियो। भारतले २०१३ मा कार्डिफमा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ३ सय ३१ रनको योगफल दोस्रो ठूलो हो भने इङ्ल्यान्डले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा ३ सय २३ को तेस्रो ठूलो योगफल बनाएको थियो। ओवलमा हालसम्म ३ सय १७ रन पछ्याएर भारतले मात्र खेल जितेको छ। उसले घरेलु इङ्ल्यान्डलाई २००९ मा पराजित गरेको थियो।