भारतद्वारा श्रीलंकालाई ३२० रनको लक्ष्य प्रस्तुत


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा भारतले श्रीलंकालाई ३२२ रनको लक्ष्य दिएको छ।

भारतका लागि ओपनर शिखर धवनले सतक प्रहार गरेका छन्। धवनले ११२ बल खेल्दै १३ चौका प्रहार गरी आफ्नो दशौ सतक पुरा गरेका हुन्। यस्तै रोहित शर्माले ७८ रन बनाए भने महेन्द्र सिंह धोनीले ६३ रनको पारी खेले। भारतका लागि थप केदार जाधवले १३ बलमा २५ रन बनाए।

श्रीलंकाका लागि मालिंगाले २ विकेट लिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.