आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा अहिले भारत र श्रीलंका खेलिरहेका छन्। टस जितेर ओभलमा पहिले ब्याटिङ गरेको भारतले पावर प्लेमा बिना कुनै विकेट क्षती ४८ रन बनाएको छ।
भारतका लागि रोहित शर्माले २५ बल खेल्दै ३ चौकासहित २० रन र शिखर धवनले ३५ बल खेल्दै ४ चौकासहित २८ रन बनाएका छन्।
श्रीलंकाका लासिथ मालिङ्गाले ४ ओभरमा १६ रन खर्चिए भने सुरङ्गा लकमलले ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिए। यता नुवन प्रदिपले २ ओभरमा ६ रन दिए।