दक्षिण अफ्रिकाद्वारा पाकिस्तानलाई २२० रनको लक्ष्य (हाइलाइटसहित)


च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एकदिवसीय क्रिकेटको नम्बर एक टोली दक्षिण अफ्रिकाले कमजोर आँकिएको पाकिस्तानलाई २२० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निधारित ५० ओभरमा ८ विकेट गुमाएर २१९ रन बनाएको हो।

१५ ओभर भित्र आफ्ना महत्वपूर्ण तीन विकेट गुमाइसकेको अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक नटआउट ६९ रनको योगदान दिए। यस्तै क्वान्टन डि कोकले ३३ रन बनाउँदा हासिम अमला १६ रनमा आउट भए।

अफ्रिकाका लागि क्रिश मोरिसले २८, कागिसो रोबादा र फापडु प्रलेसिसले समान २६-२६ रन बनाए। बिस्फोटक ब्याट्मेन एबिडिब्लेयर्सलाई अफ्रिकाले शून्य रनमा गुमाएको थियो।

अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका हासन अलीले सर्वाधिक ३ तथा इमाद वासिम र जुनाद खानले २-२ विकेट लिएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.