पाकिस्तानको अग्नी–परीक्षा, दक्षिण अफ्रिका सेमिफाइनल प्रवेशका लागि भिड्दै


च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा आज एकदिवसीय क्रिकेटको नम्बर एक टोली दक्षिण अफ्रिका कमजोर आँकिएको पाकिस्तानसँग भिड्दैछ। भारतसँग पहिलो खेल १ सय २४ रनले पराजित भइसकेको अवस्थामा पाकिस्तानलाई प्रतियोगितामा टिकिरहन आज जित आवश्यक छ। तर, पाकिस्तानका लागि जित सोचेजति सजिलो छैन्। अाजकाे खेल ६ बजेर १५ मिनेटमा एडबस्टनमा हुँदैछ। यहाँ भएका खेल पानीले धेरै  बिथाेलेकाे छ।

कासिगो रबादाको नेतृत्वमा उत्रिँने अफ्रिकी टोलीमा मोर्ने मोर्केल, क्रिस मोरिस, वाने पार्नेल जस्ता उत्कृष्ट तीब्र बलरको जमघट छ। स्पिनमा इमरान ताहिरजस्ता विश्वस्तरीय बलर समावेश छन्।

अफ्रिकी टोलीमा ब्याट्सम्यानको पनि कमि छैन्। टिममा कप्तान एबि डीभिलियर्स, हासिम अमला, फाफ डु प्लेसिस, क्वान्टन डि कोकजस्ता ४ विश्वस्तरीय ब्याट्सम्यान छन्। दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको पहिलो खेल ९६ रनले जितेर अंक तालिकामा आफूलाई सुरक्षित राखिसकेको छ। आजको खेलमा विजयी भएको खण्डमा डीभिलियर्सको टोली सेमिफाइनल प्रवेश गर्नेछ।

दक्षिण अफ्रिकाविरुद्धको हार पाकिस्तानका लागि प्रतियोगिताबाट बाहिरिने कारण बन्न सक्छ। त्यसैले आजको खेललाई पाकिस्तानले आफ्नो अग्नी–परीक्षाको रुपमा लिएको छ। सरफराज खानको कप्तानीमा उत्रिँने पाकिस्तानको बलिङ आक्रामण पहिले झै देखिदैन्। त्यसमा पनि भारतविरुद्ध वाहव रियाज चोटग्रस्त भएर प्रतियोगिताबाटै बाहिरिनु पाकिस्तानका लागि ठूलो घाटाको रुपमा हेरिएको छ।

तर, पाकिस्तान सधै आश्चर्यमा पार्ने टोली भएका कारण पाकिस्तानका समर्थक सकारात्मक नतिजाको पर्खाइमा बस्नु अनुचित होइन्। पाकिस्तानले आज अहमद सहजादको स्थानको फखर जमानलाई प्रारम्भिक ब्याट्सम्यानको रुपमा उतार्न सक्ने सम्भावना बलियो छ। वाहव रियाजको स्थानमा जुनिद खान टिममा फर्किसकेका छन्। भारतविरुद्धको खेलमा अजर अलीले मात्र प्रभावशाली ब्याटिङ गरेका थिए।

सम्भावित टिम

पाकिस्तानः फखर जमान, अजर अली, बाबर आजम, मोहम्मद हाफिज, सोहेब मलिक, सरफराज अहमद (कप्तान, विकेटकिपर), इमाद वासिम, सदाव खान, माहेम्मद अमिर, हसन अली, जुनिद खान

दक्षिण अफ्रिकाः हामिस अमला, क्वान्टन डि कोक (विकेटकिपर), फाफ डु प्लेसिस, एबि डी भिलियर्स (कप्तान), डेभिड मिलर, जेपी डुमिनी, क्रिस हेरिस, वाने पार्नेल, कागिसो रबादा, मोर्ने मोर्केल÷आडिल पेलुकावेओ, इमरान ताहिर

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.