इङ्ल्यान्डविरुद्ध च्याम्पियन्स ट्रफीको खेलमा न्युजिल्यान्ड संकटमा देखिएको छ। इङ्ल्यान्डले पहिलो इनिङमा दिएको ३ सय १० रनको चुनौतीलाई पछ्याउने क्रममा किवीले ४० ओभरमा १ सय ९८ रन जोड्ने क्रममा ६ महत्वपूर्ण विकेट गुमाइसकेको छ।
कप्तान केन विलियम्सन र रोस टेलरले तेस्रो विकेटका लागि गरेको ९५ रनको साझेदारीलाई भंग गर्न सफल भएपछि इङ्ल्यान्डले खेलमा दबाब बनाएको छ। विलियम्सन ८७ रन बनाएर आउट भएको केही छिनमै किवीले टेललाई ३९, निल ब्रुमलाई ११ र जेम्स निसमलाई १३ रनमा गुमाएको थियो।
१० ओभरको खेल बाँकी रहँदा न्युजियान्डलाई १ सय १४ रन आवश्यक छ। किवी टोलीको हातमा ४ विकेट बाँकी छ। हाल कोरे एन्डर्सन ७ र सान्टानर २ रन बनाएर खेलिरहेका छन्।