न्युजिल्यान्डका कप्तान केन विलियम्सनले एकदिवसीयमा इङ्ल्यान्डविरुद्ध लगातार पाँच पल्ट अर्धसतक बनाएका छन्। यसअघि ९३, १ सय १८, ९० र ५० रनको अर्धसतकीय इनिङ खेलेका विलियम्सन हाल ६९ रन बनाएर खेलिरहेका छन्।
उनले च्याम्पियन्स ट्रफीअन्तर्गत अस्ट्रेलियाविरुद्ध पहिलो खेलमा पनि सतक बनाएका थिए। न्युजिल्यान्डले पहिलो इनिङमा बनाएको ३ सय १० रनको विशाल लक्ष्यलाई पछयाउने क्रममा न्युजिल्यान्डले २५ ओभरमा २ विकेट गुमाउदै १ सय ३४ रन बनाएको छ।