पाकिस्तानी ब्याट्सम्यान हेरिस सोहेलले भारतविरुद्ध च्याम्पियन्स ट्रफीको पहिलो खेलमा प्रतिद्वन्दी टिमको विषयमा सबै कुरा बिर्सेर मैदानमा उत्रिनु पर्ने बताएका छन्। भारत र पाकिस्तानबीच आउँदो आइतबार रोमाञ्चक खेल हुँदैछ।
एजबेस्टनमा वर्षाका कारण खेल प्रभावित भएपछि पाकिस्तानले अस्ट्रेलियाविरुद्ध आफ्नो अन्तिम अभ्यास खेल राम्रोसँग गर्न पाएन। सोमबारको अभ्यास खेलमा अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै १० विकेटमा १ विकेट गुमाउदै ५७ रन बनाएको थियो।
पाकिस्तानको पुरै ध्यान अहिले आइतबार समूहको पहिलो खेलतर्फ छ। पाकिस्तान र भारतबीचको खेल सधै रोमाञ्चक हुने गर्छ। २८ वर्षीय सोहेललाई उमर अकमलको स्थानमा पाकिस्तानी टोलीमा स्थान दिइएको थियो।
पाकिस्तान च्याम्पियन्स ट्रफीका लागि दुई साताअघि नै इङ्ल्यान्ड आइसकेको थियो। उनले भने, ‘हामीले राम्रो तयारी गरेका छौं। भारतविरुद्धको भिडन्त निकै चुनौतीपूर्ण छ।’
उनले सबै गाह्रो खेलका लागि आफूहरुले तयारी गरेको बताए। उनले पाकिस्तानी टिमको बलियो पक्ष बलिङ र क्षेत्ररक्षण रहेको बताउन भुलेनन्। उनले इङ्लिस परिस्थितिअनुसार आफूहरुलाई ढाल्न लगातार तयारी गरिरहेको बताएका छन्।