इङ्ल्यान्डले बनायो १३ एकदिवसीयमा ११ पल्ट ३ सय माथिको योगफल


न्युजिल्यान्डले इङ्ल्यान्डको सबै विकेट झारे पनि ३ सयभन्दा माथिको योगफललाई रोक्न सकेन्। टस हारेर पहिलो ब्याटिङ गरेको इङ्ल्यान्डले एलेक्स हल्स, जोए रुट र जस बटलरको अर्धसतकीय इनिङमा ४९ दशमलव ३ ओभरमा ३ सय १० रन बनाउन सफल भयो।

इङ्ल्यान्डको इनिङमा हल्सले ५६, रुटले ६४ र विकेटकिपर बटलरले अविजित ६१ रन बनाए। अलराउन्डर बेन स्टोक्सले अर्धसतक बनाउन २ रनले चुके। उनले ४८ रन बनाए। न्युजिल्यान्डका लागि एडम मिल्ने र कोरे एन्डर्सनले ३–३, टिम साउथीले २ विकेट लिए। इङ्ल्यान्डले पछिल्लो १३ एकदिवसीयमा ११ पल्ट ३ सयभन्दा माथिको योगफल बनाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.