अस्ट्रेलियाली बलर अगाडि बंगाली ब्याट्सम्यान निरिह, १ सय ८२ रनमा अलआउट


अस्ट्रेलियाको कसिलो बलिङको सामु घुँडा टेकेको बंगलादेश ४४ दशमलव ३ ओभरमा १ सय ८२ रनमा अल आउट भएको छ। मिचेल स्टार्कले ८ दशमलव ३ ओभरमा २ मेडन राख्दै २९ रन मात्र खर्चेर ४ विकेट लिएपछि बंगलादेश २ सय रन पनि कटाउन असफल भयो।

पहिलो पल्ट खेलिरहेका एडम जाम्पाले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिएका थिए। स्टार्क ४३ ओभरमा ह्याट्रिक नजिकै थिए। उनले यस ओभरमा ३ विकेट लिए।

बंगलादेशका लागि तमिम इक्बालले मात्र अस्ट्रेलियाली बलिङको जमेर प्रतिस्पर्धा गरेका थिए। उनी ९५ रनमा स्टार्कको बलमा आउट भएपछि बंगलादेशको पहिलो इनिङमा २ सय रन कटाउने सपना चकनाचुर भयो। तमिमले ३ छक्का र ६ चौकाको सहयोगले उत्कृष्ट इनिङ खेलेका थिए। मध्यक्रममा शकिब अल हसनले २९ र मेहदी हसन मिराजले १४ रन बनाउनु बाहेक कुनै बंगाली ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.