श्रीलंकालाई भारतविरुद्धको खेलभन्दा अगाडि ठूलो धक्का लागेको छ। श्रीलंकाली कार्यवहाक कप्तान उपुल थरङ्गालाई भारत र पाकिस्तानविरुद्धको अघिल्लो खेल खेल्न आइसिसीले प्रतिबन्ध लगाएको छ।
दक्षिण अफ्रिकाविरुद्ध शनिवार भएको खेलमा ४ ओभर बल ढिलो गरेको आरोपमा आइसिसीले उनलाई अघिल्लो खेलका लागि दण्डित गरेको हो। आइसिसीका म्याच रेफ्रि डेभिड बुनले उनलाई निलम्बित गर्ने निर्णय गरेका हुन्। आइसिसीको नयाँ नियमअनुसार २ ओभर समयमा नफ्याक्ने बलरलाई म्याच फिसको १० प्रतिशत जरिवाना लाग्ने र त्यो भन्दा बढि ओभर ढिलो बलिङ गर्नेलाई २० प्रतिशत आर्थिक जरिवाना र कप्तानलाई २ निलम्बित अंक जरिवाना लगाउने प्रावधान छ।
आइसिसीद्वारी जारी विज्ञप्तीमा भनिएको छ, ‘दुई निलम्बित अंकको अर्थ एक टेस्ट, दुई एकदिवसीय तथा दुई टि २० को निलम्बनलाई मानिन्छ। यसैले थरङ्गालाई भारतविरुद्ध ८ जुनमा ओवल र पाकिस्तानविरुद्ध कार्डिफमा १२ जुनमा आयोजना हुने खेलका लागि निलम्बन गरिएको छ। यसबाहेक टिमका सबै खेलाडीलाई उनीहरुले पाउनु पर्ने म्याच फीको ६० प्रतिशत जरिवाना गरिएको छ।’ थरङ्गाले पनि गल्ती स्विकार गरिसकेका छन्।